ट्रेण्डिङ

होमपेज / समाज

बहुविवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७७ माघ १२ गते सोमबार १६:३१:१५ मा प्रकाशित

झापा, १२ माघ बहुबिवाह र सवारी ज्यान मुद्धाका २ जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-११ बस्ने ३१ वर्षीय बाबुल राजबंशी र दमक नगरपालिका-१ बस्ने ३२ वर्षीय सन्तोष रामदान रहेका छन् ।

बाबुललाई जिल्ला अदालत झापाको २०६८ फागुन २८ गतेको फैसलाले बहुबिवाहमुद्धामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय भएको थियो । यसैगरी सन्तोषलाई जिल्ला अदालत खोटाङको २०७१ मंसिर २३ गतेको फैसलाले सवारी ज्यान मुद्धामा १३ दिन कैद र २ हजार रुपैयाँ जरिवाना सजाय भएको थियो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएको अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top