ट्रेण्डिङ

होमपेज / समाज

मिस मंगोलसँग लगनगाँठो कसे मुख्‍यमन्त्री शेरधन राईले

नेपालगाथा २०७७ माघ ११ गते आइतबार १५:५६:२६ मा प्रकाशित

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार मिस मंगोल २०१८ को विजेता जाङ्‍मु शेर्पासँग लगनगाँठो कसेका छन्। आइतबार राजधानीको एउटा पार्टी प्यालेसमा ४८ वर्षीय मुख्यमन्त्री राई र शेर्पाबीच किराँती परम्परा अनुसार विवाह सम्पन्न भएको हो। काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।

मुख्यमन्त्री राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङ्मु शेर्पा संखुवासभाकी हुन्। राई र शेर्पाबीच झण्डै २८ वर्ष उमेर अन्तर छ। उनीहरू केही समयदेखि प्रेम सम्‍बन्‍धमा थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top