ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७७ माघ ११ गते आइतबार १२:५२:३३ मा प्रकाशित

काठमाडौं, ११ माघ कास्की, पोखरा महानगरपालिका-५ जिरो किलोबाट अवैध लागूऔषध ४ किलो गाँजा सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१ बगर बस्ने कपिलवस्तु बिजयनगर गाउँपालिका-१ घर भएका २२ वर्षीय अर्जुन घर्ती मगर र स्याङ्जा पुतली बजार नगरपालिका-१४ घर भएका २२ वर्षीय सफल ढकाल रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-९ तुमनाडीबाट ७ ग्राम ४ सय ९० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० सुकासाल बस्ने ३५ वर्षीय बिनोद चन्द र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय सुवाश लुहार रहेका छन् ।

लागूऔषधको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सीमा प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई प्लाष्टिकभित्र लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top