ट्रेण्डिङ

होमपेज / समाज

आईपीओ निष्काशन गर्ने तयारीमा महालक्ष्मी लाईफ इन्स्योरेन्स

नेपालगाथा २०७७ माघ ११ गते आइतबार ११:५०:२१ मा प्रकाशित

काठमाडौँ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीको आज बस्ने तेस्रो वार्षिक साधारण सभामा आइपीओ निष्काशनबारे छलफल हुने छ । कम्पनीको माघ ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयअनुसार फागुन ३ गते साधारण सभा बोलाइएको छ ।

सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गरिनेछ । साधारण सभामा लेखा परीक्षकको प्रतिवेदन सहितको २०७६ साल आषाढ मसान्तको वासलात, सोही अवधीको नगद प्रवाह स्वीकृत गरिने छ । साथै लेखापरीक्षकको नियुक्तिसमेत गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top