ट्रेण्डिङ

होमपेज / समाज

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार १७:३६:०९ मा प्रकाशित

सुनसरी, ९ माघ  कोशी गाउँपालिका-२ स्थित सडकमा को.११ प ९९५१ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सप्तरी कञ्चनरुप नगरपालिका-११ बस्ने ३० वर्षीय रंजित सरदारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य २ जनालाई थप उपचारको लागि विराटनगर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top