ट्रेण्डिङ

होमपेज / समाज

हिल्दुम जलविद्युत् आयोजना शनिबार बन्द हुने

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार १४:३८:११ मा प्रकाशित

सिमकोट । मर्मतका लागि हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना शनिबार बन्द गर्न लागिएको हो । सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा सेवा प्रवाह भएको विद्युत् एक दिनका लागि बन्दपश्चात् नियमित हुने हिल्दुम विद्युत् वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताए ।

प्रमुख एडीले भने, ‘माघ १० गते शनिबार परेकाले सदरमुकाम अवस्थित कार्यालयलाई प्रभाव नपर्ने उद्देश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउस बन्द हुँदै छ ।’ सोही दिन बिहान ८ बजेदेखि कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न समय लाग्ने भएको ऐडीले बताए । उहाँका अनुसार मर्मत भएपश्चात् सोहीदिन बेलुका विद्युत् सेवा पुनःसञ्चालनमा आउने छ । हाल सदरमुकाम सिमकोटमा दैनिक कम्तीमा ११ घण्टा विद्युत्भार कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top