ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार ११:४६:४८ मा प्रकाशित

नेपालगञ्‍ज । सुर्खेतका ७१ वर्षीय कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ का ७१ वर्षीय पुरुषको आज विहान भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बृद्धलाई पुस २७ गते नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको थियो । उनलाई कोरोना पोजिटिभ रिपोर्ट आएपछि भेरीमा रिफर गरिएको थियो । बिरामीको आज ६ बजेर पाँच मिनेटमा मृत्यु भएको छ। बाँकेमा बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन आउदा ८५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top