ट्रेण्डिङ

होमपेज / समाज

चितवनका पत्रकार नवराज ढकाल प्रेस संगठन नेपालमा प्रवेश

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार ११:२६:४० मा प्रकाशित

चितवन । क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल प्रेस संगठन नेपाल मा प्रवेश गरेका छन । प्रेस संगठन नेपालको काठमान्डौमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको औपचारिक समरोहमा पत्रकार ढकाल प्रेस संगठन नेपालमा प्रवेश गरेका हुन । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खादा लगाएर पत्रकार ढकाललाई प्रेस संगठनमा स्वागत गर्दै बधाई ज्ञापन गरे।

चितवनबाट सञ्चालन भैरहेको राजधानी आस्थाका सञ्चालक समेत रहेका पत्रकार ढकाल चितवनका पूराना पत्रकार हुन । विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सकृय उनले आगामी दिनमा मुलधारको प्रेस संगठनलाई बलियो बनाउन लागिपर्ने बताए । पत्रकार महासंघको निर्वाचन नजिकिदै गैरहेको बेला ढकालको प्रेस संगठन नेपालमा आगमनले संगठन थप बलियो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top