ट्रेण्डिङ

होमपेज / समाज

नेपालगञ्‍जमा बाक्लो हुस्सुका कारण सिमकोटमा उडान प्रभावित

नेपालगाथा २०७७ माघ ७ गते बुधबार १८:५२:४१ मा प्रकाशित

हुम्ला । तराईमा चलेको बाक्लो सुस्सुको कारण बुधवार हुम्लाको हवाई यातयात प्रभावित भएको छ। बिहानैबाट नेपालगञ्‍ज नखुल्नु र सुर्खेतमा हुम्ला उडान भर्ने हवाई जहाज नभएको कारण हुम्लाको हवाई सेवा प्रभावित भएको हो। नेपालगंजमा बिहानैबाट बाक्लो हुस्सुले छोप्नु र सुर्खेत बिमान स्थलमा कुनै पनि जहाज नभएको कारण सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाको हवाई यातायात प्रभाबित भएको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रमुख बिष्णु प्रसाद अधिकारीले बताए।

बिहान साढे छ बजेदेखि सात बजेभित्र सिमकोट बिमान स्थलमा हवाई जहाजहरुले अबतरण गर्ने भएको भएपनि तराईमा चलेका शीत लहरकै कारण कुनै उडान नभएको उनले बताए। हुम्लामा मौसम राम्रो भएपनि नेपालगंज ढाकेको कारण हुम्लामा उडान नभएको हो। त्यसै गरि सुर्खेतमा मौसम सफा भएपनि बिमान नभएको कारण उडान हुन नसकेको हो ।

नेपालगंज र सुर्खेतबाट गरि हाल दैनिक १८ देखि बीस उडान भर्ने गरिएको उहाँले बताउनुभयो । सीता, समिट, तारा र नेपाल एयरलाईन्सले हुम्लाका लागि उडान भर्ने गर्छन्। प्राबिधिक कारण उडान नहुदा नेपालगंज र सुर्खेतबाट आउने यात्रु मर्कामा परेका छन् भने सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरु पनि सिमकोटमै रोकिएका छन्।

त्यसै गरि खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमीटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र काग्रोको सामान पनि ढुवानी हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top