ट्रेण्डिङ

होमपेज / समाज

९७.९ प्रतिशत कोरोना निको

नेपालगाथा २०७७ माघ ७ गते बुधबार १८:३९:५० मा प्रकाशित

काठमाडाैँ। पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा  ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

 हालसम्मको कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ३१० मध्ये दुई लाख ६२ हजार ६४२ जना निको भएका छन् । आज थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ । हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप छको मृत्युसहित हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ९७५ पुगेको छ । रासस
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top