होमपेज / समाज
काठमाडौं, ७ माघ मोरङ, विराटनगर उपमहानगरपालिका-१६ भट्टीमोड बस्ने ३१ वर्षीय राकेश राईलाई करिब ५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपाल आउँदै गरेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । रुपन्देही, बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कबाट नियन्त्रित लागूऔषध ६७ एम्पुल डाईजेपाम, ६७ एम्पुल फेनारागन, ६७ एम्पुल नुफिन र २ सय ७० ट्याब्लेट नाईट्रोभेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका-१८ बस्ने ३३ वर्षीय कमल जि.सी र १८ वर्षीय किशोर रहेका छन् ।
प्रहरी बिट नयाँबसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।