ट्रेण्डिङ

होमपेज / समाज

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

नेपालगाथा २०७७ माघ ७ गते बुधबार १६:१८:०० मा प्रकाशित

काठमाडौं, ७ माघ कास्की, पोखरा महागरपालिका-२७ बगदी खोलाको पुलको छेउमा ग.७ प १९१९ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका-२७ रिठ्ठेपानी बस्ने ४५ वर्षीय डिल्लीराम कुमालको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएकी उनकै श्रीमती ४३ वर्षीया भोज कुमारी कुमालको सोही अस्पतालमा उपचार भइरहेको छ । सिन्धुली, दुधौली नगरपालिका-४ टोड्केपानीमा स.१ च १६७७ नम्बरको बलेरो अनियन्त्रित भई सडकको नालामा पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा बलेरोमा सवार तिनपाटन गाउँपालिका-११ बस्ने ६५ वर्षीया चम्पा माया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई उपचारका लागि डकाहातर्फ पठाइएको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-७ धरमपनियामा लु.२२ प २३५८ नम्बरको मोटरसाइकल हाल नम्बर नखुलेको ट्याक्टरमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका-१० हड्दिहवा बस्ने ३८ वर्षीय प्रल्हाद अहिरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी प्रल्हादकी श्रीमती २७ वर्षीया रिता अहिरको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको संलग्न रहेको शंकामा लु.४ त ५०९६ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top