ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा भोलि आइपुग्दै छ १० लाख कोभिडबिरुद्धको भ्याक्सिन

पहिलो चरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई

नेपालगाथा २०७७ माघ ७ गते बुधबार १५:२५:२७ मा प्रकाशित

काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार काठमाडौँ आइपुग्ने भएको छ। भारत सरकारले नेपाललाई बुधबार १० लाख भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको हो। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाललाई खोप उपलब्ध गराएकामा भारतलाई धन्यवाद दिएका छन्। भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप प्रदान गरेको हो।

भारतले खोप उपलब्ध गराएको घोषणा गर्न बुधबार आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद दिएका हुन्। उनले भारतले नेपाललाई कोभिडकालमा पनि निरन्तर औषधिलगायत सामग्री प्रदान गरेको सहयोग गरेकामा सराहना पनि गरे। मन्त्री त्रिपाठीले कार्यक्रममा उपस्थित राजदूत विनयमोहन क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद पठाएका हुन्। उनले भने, ‘म नेपाली जनताका तर्फबाट भारत सरकालाई यो अमूल्य उपहारका लागि धन्यवाद दिन चाहन्छु।’

मन्त्री त्रिपाठीले नेपालका लागि भण्डारण र ढुवानीका लागि यो भ्याक्सिन उपयुक्त रहेको बताए। भ्याक्सिनको पहिलो खेप बिहीबार नै काठमाडौँ आइपुग्ने जानकारी पनि मन्त्री त्रिपाठीले दिए। पहिलो चरणमा ३ प्रतिशत सफाइकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भ्याक्सिन दिइने जानकारी मन्त्री त्रिपाठीले दिए।

नेपालका ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउने तयारी रहेको पनि उनले जानकारी दिए। ‘भ्याक्सिन प्रभावकारी ढंगले लगाउन कानुनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भइसकेको छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

Top