होमपेज / समाज
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त भएका छन् । यसअघि विश्वविद्यालयका रजिस्टार रहेका डा. थापालाई विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले उपकुलपतिमा नियुक्त गरेका हुन् ।उपकुलपति छनौटका लागि गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो। डा. माकाजूको दोस्रो कार्यकाल पूरा भएपछि केयूको उपकुलपति पद खाली थियो ।