होमपेज / समाज
दाङ । ग्यास लिक भएर भएको आगलागीमा गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा निधन भएको छ। तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ४० वर्षीय बसन्त वलीको उपचारको क्रममा मृत्यु भएको हो । माघ १ गते आगलागी हुँदा गम्भीर घाइते भएका वलीको कीर्तिपुर बर्निङहर्ट अस्पतालमा उपचारको क्रममा मंगलवार राति साढे ९ बजेतिर मृत्यु जनाइएको छ ।
कुखुराका बच्चा निकाल्न तापक्रम दिने क्रममा आगलागी भएको हो । आगलागीबाट घाइते भएकी उनकी श्रीमती गीताको भने उपचार भइरहेको छ ।