ट्रेण्डिङ

होमपेज / समाज

पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली रहने

नेपालगाथा २०७७ माघ ७ गते बुधबार ११:०९:५४ मा प्रकाशित

काठमाडौँ । पूर्व र मध्य क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रको मौसम सामान्यतया सफा हुने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागका केही स्थान र तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागि रहेको छ।

बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि छ ।

यसैबिच देशको उच्च हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भू–भागमा आकासमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top