ट्रेण्डिङ

होमपेज / समाज

रुकुम पश्चिमको राडी बजारमा अनिश्‍चितकालीन निषेधाज्ञा जारी

नेपालगाथा २०७७ माघ ६ गते मंगलबार १८:४५:०४ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रशासनले रुकुम पश्चिमको राडी बजारमा अनिश्‍चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्काे सूचना जारी नहुँदासम्मको लागि निषेधाज्ञा लगाएको हो । प्रशासनले आज (मंगलबार) साँझ ५ बजेदेखि अनिश्‍चि तकालीन निषेधाज्ञा जारी गरेको हो ।  

रुकुम पश्चिममा आज (मंगलबार) दाहाल-नेपाल समूहको नेकपा  र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । रुकुमपश्‍चिमको आठबीसकोट नगरपालिका ९ राडी बजारमा झडप भएको हो ।  उनीहरुबीच आज बिहानैबाट झडप भएको थियो। झडप नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस र १७  राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्‍चिमका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top