ट्रेण्डिङ

होमपेज / समाज

नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

नेपालगाथा २०७७ माघ ६ गते मंगलबार १८:३७:१८ मा प्रकाशित

काठमाडौँ । रुकुम पश्चिममा मंगलबार नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले हवाइ फायर गरेको छ। दुई समूहबीच विवाद भएपछि प्रहरीले छलफलका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटमा उनीहरुलाई बोलाएको थियो। तर प्रहरी कार्यालयमै उनीहरुबीच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको र आफूहरुले हवाइ फायर गर्नु परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ। उनीहरुले प्रहरी कार्यालयमा तोडफोडसमेत गरेका थिए।

विवादमा संलग्न पक्षले प्रहार गरेको ढुंगा प्रहारबाट एकजना प्रहरी सहायक निरीक्षक र एक जना जवान घाइते भएको प्रहरीले जनाएको छ। रुकुम पश्चिम आठविसकोट नगरपालिका-९ राडी बजारमा भएको विवादबारे छलफल गर्न प्रहरीले उनिहरुलाई कार्यालयमा बोलाएको थियो। झडपमा वडाध्यक्षसमेत घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top