होमपेज / समाज
नेपालगञ्ज । बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका नेपालगञ्जका दुई जना पुरुषको मृत्यु भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ७० बर्षीय पुरुषको गएराति साढे ९ बजे र वडा नम्बर १ धम्बोझीका ४९ बर्षीय पुरुषको आज विहान सवा ६ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । यो संगै कोरोनाबाट बाँकेका ५१ जनाको मृत्यु भएको छ ।