ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

नेपालगाथा २०७७ माघ ६ गते मंगलबार ११:३७:२४ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार शिक्षा मन्त्रालयमा बसेको सर्च कमिटीको बैठकले उपकुलपति छनोटका लागि प्राध्यापक डाक्टर रामकण्ठ माकाजु, प्राध्यापक डाक्टर भोला थापा र प्राध्यापक डाक्टर बालचन्द्र लुईँटेलको नाम सिफारिस गरेको हो ।

विशवविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेका थिए । समिति सदस्यमा पूर्वउपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना छन् । माकाजु यस अघि पनि दुई कार्यकाल उपकुलपति भइसकेका छन् । उनको दोस्रो कार्यकाल केही दिनमै सकिँदै छ । उनी तेस्रो कार्यकालका लागि उपकुलपतिको दौडमा छन् ।

विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरु एउटै व्यक्तिलाई दुई भन्दा बढी कार्यकाल उपकुलपतिको जिम्मेवारी दिन नहुने भन्दै विरोधमा छन् । उपकुलपतिको कार्यकाल ४ वर्षको हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top