ट्रेण्डिङ

होमपेज / समाज

पहाडी भू-भागमा सोमबारको मौसम आंशिक बदली रहने

नेपालगाथा २०७७ माघ ५ गते सोमबार १२:०२:५९ मा प्रकाशित

काठमाडौँ । देशका पहाडी भू-भागमा सोमबारको मौसम पनि आंशिक बदली रहने भएको छ। यसबाहेक बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार राति केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका हुन्। विशेष गरी देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ। यस्तै देशको विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु मौसमविदले आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top