होमपेज / समाज
काठमाडौं, ४ माघ गुल्मी, मदाने गाउँपालिका-३ शिरशिने पोखरा बस्ने नर बहादुर थापाको कच्ची गोठमा शनिबार बिहान आगलागी हुँदा गोठ, ५ वटा बाख्रा र नगद ६० हजार रुपैयाँ जलेर नष्ट भएको छ ।
लमजुङ, राईनस नगरपालिका-५ तिनपिप्ले चोकमा राखेको हाल नम्बर नखुलेको बाटो पेल्ने रोलरमा शनिबार राति आगलागि हुँदा जलेर नष्ट भएको छ । बारा, जितपुरसिमरा उपमहानगरपालिका-१८ परास टोल बस्ने कृष्ण देवी कुर्मीको फुसको घरमा शुक्रबार बिहान आगजनी हुँदा नगद २० हजार र अन्य धनमाल समेत जलेर करिब ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पर्सा वीरगंज महानगरपालिका-२८ बगही बस्ने ३३ वर्षीय धुरेंद्र पटेलले कुर्मीको घरमा पेट्रोल छर्की आगो लगाई दिएको र स्थानीयबासीहरूको सहयोगमा नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जैतापुरबाट खटिएको प्रहरीले फरार पटेलको खोजी गरिरहेको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।