ट्रेण्डिङ

होमपेज / समाज

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ माघ २ गते शुक्रबार १४:३०:३३ मा प्रकाशित

रुपन्देही, २ माघ
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी समेत कुटपिट गरेको अभियोगमा तिलोत्तमा नगरपालिका(१३ बभनी बस्ने बाणगंगा नगरपालिका- १२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई जबरजस्ती करणी तथा कुटपिट गरी घाइते बनाई छाडेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले होम बहादुरलाई पक्राउ गरेको हो । बालिकालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारको लागि बीर अस्पताल काठमाडौं पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top