ट्रेण्डिङ

होमपेज / समाज

 तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेपछि उडानमा असर

नेपालगाथा २०७७ माघ २ गते शुक्रबार ०९:१०:२९ मा प्रकाशित

काठमाडौँ।  तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु लागेपछि उडानमा असर भएको छ । हुस्सु लागेपछि  विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीमा हुने उडान हुने सम्भावना छैन ।अन्तर्राष्ट्रिय उडानमा भने खासै समस्या छैन। 

बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले सास्ती बेहोर्नु परेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुन सकेको छैन । सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top