ट्रेण्डिङ

होमपेज / समाज

टीकापुरका पूर्वनगर प्रमुख सञ्ज्यालको निधन

नेपालगाथा २०७७ माघ १ गते बिहीबार १८:०२:३८ मा प्रकाशित

काठमाडौँ ।  कैलाली,  टीकापुर नगरपालिकाका पूर्वनगर प्रमुख रत्नप्रसाद सञ्ज्यालको निधन भएको छ । मधुमेह तथा उच्च रक्तचापबाट पीडित ७३ वर्षीय सञ्ज्यालको बिएण्डबी अस्पताल ललितपुरमा उपचारका क्रममा बुधबार राति निधन भएको हो । 

 उहाँविसं २०५४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा ९एमाले० बाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म विसं २००४ मा कालीकोटको रास्कोट नगरपालिका वडा नं ४ मा भएको थियो ।टीकापुर नगरपालिका २०५३ सालमा स्थापना भएको हो ।  नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरले महत्वपूर्ण अभिभावक गुमाएको बताउनुभयो । “पूर्वनगर प्रमुखको निधनले यहाँको सामाजिक र राजनीतिक क्षेत्रमा ठूलो असर पुगेको छ”, उहाँले भन्नुभयो, “उहाँ कुशल व्यवस्थापक, कुशल राजनीतिज्ञ र शिक्षाप्रेमी हुनुहुन्थ्यो, टीकापुरलाई उहाँको अभाव सधैँ खड्किरहने छ ।”टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माविमा एक दशक प्रधानाध्यापक रहनुभएका सञ्ज्यालले शिक्षा र खेलकूदका क्षेत्रमा ठूलो योगदान पुर्याउनुभएको शिक्षक काशीराम ढुङ्गानाले बताउनुभयो ।

“उहाँ कुशल प्रशासक, प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो”,  ढुङ्गानाले भन्नुभयो, “उहाँले देखाएको बाटो सधैँ सम्झनामा रहनेछ ।”    सञ्ज्यालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र वन तथा वातावरणमन्त्री पे्रमबहादुर आलेले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top