होमपेज / समाज
काठमाडौं । पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन भएको छ। संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्यसमेत रहेका यादवको बिहीबार बिहान काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो ।
उनी नेकपा बाँकेको इञ्चार्ज थिए। उनी पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्यसमेत थिए ।कोरोना संक्रमणपछि ग्राण्डीमा भर्ना भएका यादवको आज बिहान चार बजे निधन भएको ह। ७५ वर्षीय यादव मुटुसम्बन्धी रोगबाट पनि ग्रसित थिए ।