होमपेज / समाज
सुर्खेत । लायन्स अन्तरराष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४२औ जन्म जयन्तीको अवसरमा लायन्स क्लव अफ भैरवस्थान सुर्खेतको आयोजना र सुपथ मेडिकल हल वीरेन्द्रनगर ६ सुर्खेतको सहयोगमा एकदिने उच्च रक्तचाप तथा मघुमेह शिविर वीरेन्द्रनगर ४ कुमाई चोकमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष मित्रेन्द्रनाथ योगीको अध्यक्षता र लायन्स टियू ब्लड बंैकका संयोजक एमजेएफ ला. टीकाराम चपाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको प्राविधिक सहजीकरण सुपथ मेडिकल हलका प्रोप्राईटर पे्रम भण्डारी र उहाँको स्वास्थकर्मी टिमले गरेको हो ।
कार्यक्रममा वीरेन्द्रनगर ४ का स्थानीय तथा अन्य गरी एक सय १२ जनाको परिक्षण गरिएको उक्त कार्यक्रममा वीरेन्द्रनगर ४ का एच.ए. कमल न्यौपाने र दयाराम न्यौपानेले भौतिक सामग्री सहयोग गर्नुभएको थियो । उक्त कार्यक्रममा शुभकामना मन्तव्यमा राख्नुहुँदै सहभागीहरुले लायन्स क्लवको मुलमर्म र भावना अनुसार कार्यक्रम गर्ने गरेकाले धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी क्लवका अध्यक्ष मित्रेन्द्रनाथ योगीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदैँ लायन्स क्लवले यस्ता समाजिक दायित्वका कार्यक्रम फेरि पनि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर ४ का वडा प्रतिनिधि शेरबहादुर के.सी., जोन चियर पर्सन ला. विनु सि भाष्कर र पूर्व अध्यक्षद्वय ला. प्रदिप पन्त, यामराज गिरी, डिष्ट्रिक डिपार्टमेन्ट चिफ ला. दलबहादुर गुरु¨, ला.रामकिशोर रावललगायत क्लवका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
.jpg)