ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिए

नेपालगाथा २०७७ पौष २९ गते बुधबार १८:४०:१६ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०, झापामा पाँच, सुनसरीमा दुई, भोजपुर, तेह्रथुम र पाँचथरमा एकएक तथा प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

 हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४९ पुगेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३७२ छ । सो अवधिमा ३४ जना डिस्चार्ज र ५७३ जनाको पिसिआर परीक्षण भई कूल दुई लाख १३ हजार ४८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top