ट्रेण्डिङ

होमपेज / समाज

किन बढ्दै छ वैदेशिक रोजगारीमा ठगीका घटना?

नेपालगाथा २०७७ पौष २९ गते बुधबार ०८:२४:५९ मा प्रकाशित

काठमाडौँ।  पछिलो समय रोजगारीमा ठगीका घटना बढ्दै जान थालेका छन् ।  वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए । 

वैदेशिक रोजगारीमा जानेक्रममा ठगिने सबै युवाले ठोस प्रमाण र कागजात अभावका कारण सबै घटना सार्वजनिक गर्दैनन् । कतिपय ठगीका घटना गाउँघरमा मिलाउने गरिन्छ । पछिल्लो समय युरोप, अमेरिकाजस्ता महादेशका विकसित मुलुकमा पठाउने भन्दै  काठमाडौँ उपत्यकाका युवासमेत विभागमा उजुरी दिन आउने गरेको उनले बताए।‘वैदेशिक रोजगार विभागमा नै दर्ता भएको एक मेनपावर कम्पनीले एक युवालाई अमेरिका पठाउने भन्दै रु १५ लाख ७५ हजार ठगी गरेको उजुरी सोमबार मात्रै विभागमा परेको छ’,उनले भने, ‘विशेषगरी विकसित मुलुकमा भन्दै २० वर्षमुनिका युवायुवती ठगिएको पाइएको छ।’त्यस्ता प्रकृतिका युवा अरूको लहलहैमा लागेर ठगिने गरेको उनले बताए। 

रोजिरोटीको खोजीमा मलेसिया लगायत खाडी मुलुकमा जाने कामदार एकातिर म्यानपावर तथा एजेन्टहरुबाट ठगिएका छन् भने अर्कातर्फ अमेरिका अस्ट्रेलिया, जापान लगायत विकसित मुलुकमा रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक जाने कामदार ठगीको साथसाथै मानव तस्करीमा समेत पर्ने गरेका छन्। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै ५ वर्ष भित्रमा बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्य सरकारले अघि सारे पनि ब्यब्हारमा देखिएको छैन। सरकार र व्यवसायीले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नसक्दा धेरै युवा यसरी ठगीने गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top