होमपेज / समाज
काठमाडौं । झापा दमकस्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागीमा परी एक शरणार्थीको मृत्यु भएको छ । दमक–३ स्थित शिविरमा आगलागी हुँदा ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको हो ।
घरभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।राई प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लागेकाले राईलाई बचाउन नसकिएको शिविरका युवराज राईले बताए । छाप्रो पूर्ण रूपमा जलेको छ । आगलागीबाट छाप्राभित्र रहेको १ तोला सुन, १० तोला चाँदी, ३ लाख नगद, खाद्यान्न, लत्ताकपडालगायत गरी करिब आठ लाख बराबरीको क्षति भएको प्रहरीले जनाएको छ ।