ट्रेण्डिङ

होमपेज / समाज

प्रदेश प्रमुख कलौनीद्वारा "२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस"को अवसरमा शुभकामना 

नेपालगाथा २०७७ पौष २७ गते सोमबार १४:३५:०९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले "२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस"को अवसरमा कर्णाली प्रदेशवासी एवम् सम्पूर्ण नेपालीजनमा शुभकामना व्यक्त गर्नुभएकाे छ । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता स्वर्गीय पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले हाम्रा पूर्वजहरूको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिकाका कारण अमूल्य सभ्यता, संस्कृति र प्राकृतिक सम्पदा भएको हाम्रो देश नेपाल प्राचीनकालदेखि नै एक स्वतन्त्र, स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा स्थापित हुन सफल भएको शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।

जातीय, धार्मिक, सांस्कृतिक विविधता भएका जनता बीच एक आपसमा समन्वय गरी बलियो सूत्रमा एकताबद्ध गर्दै पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियान मार्फत तत्कालीन अवस्थामा छरिएर रहेका बाइसे-चौविसे राज्यहरूलाई एकीकृत गरेकाे स्मरण गर्दै प्रदेश प्रमुख कलाैनीले आजको दिनले हामी सबैलाई एकताबद्ध भई राष्ट्रिय हितलाई सर्वोपरि मानेर अगाडि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास लिनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top