होमपेज / समाज
काठमाडौँ । २९९ औँ पृथ्वीजयन्तीको अवसरमा सिंहदरबारको पश्चिम गेट अघि रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणका लागि गएकाहरुले राजतन्त्रको पक्षमा नारा लगाएका छन्। प्रहरीले सहभागीहरुलाई रोकेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । सहभागीले सिंहदरबारअघि ‘गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’ सहितको नारा लगाएका हुन् । उनीहरुले प्रहरी हस्तक्षेप विरुद्ध पनि नाराबाजी गरेका छन् ।
२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा प्रतिमामा माल्यार्पणका लागि सहभागीहरु सिंहदरबार पश्चिम गेट तर्फ गएका हुन् । नागरिक तहबाट आज पुस २७ गते हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि समितिले कार्यक्रम गरेको हो ।