ट्रेण्डिङ

होमपेज / समाज

एन्फाका पूर्व महासचिव शाहीको निधन

नेपालगाथा २०७७ पौष २७ गते सोमबार १२:४६:४३ मा प्रकाशित

काठमाडाैं । नेपाली  राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल बक्सिङ संघका पूर्वमहासचिव तथा नेपाल आइस हक्की संघका संस्थापक अध्यक्ष समेत रहनुभएका शाहीको आइतबार राति निधन भएकाे हाे । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार   ६५ वर्षीय शाहीकाे दैलेखस्थित आफ्नै निवासमा निधन भएको हाे ।

शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक रहनु भएकाे थियाे ।  सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा शाही राष्ट्रिय टोलीको प्रमुख खेलाडी हुनुहुन्थ्याे । शाहीकाे निधनप्रति एन्फाले दुःख व्यक्त गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top