ट्रेण्डिङ

होमपेज / समाज

छतबाट खस्दा दाङमा एकजनाको मृत्यु

नेपालगाथा २०७७ पौष २६ गते आइतबार १३:५०:२७ मा प्रकाशित

दाङ । दाङमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोल निवासी ५० वर्षीय देवी गैरेको आफ्नो घरको छतबाट खसेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। कपडा सुकाउने क्रममा तीन तले घरको छतबाट खस्दा घाइते भएको र उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top