होमपेज / समाज
२६ पुस, वीरगञ्ज । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । तस्करहरुले प्रहरीलाई देख्ने वित्तिकै हवाई फायर गरेको थियो। शनिबार राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा करीब १० जनाको समूहमा रहेको गाँजा तस्कारको समूहले गोली चलाएको हो । प्रतिकारमा प्रहरी टोलीले चाइनिज पेस्तोलबाट ५ राउन्ड हवाई फायर गरेको थियो।
गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो । त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको बारा जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रले जानकारी दिए । जवाफमा प्रहरीले पनि ५ राउण्ड गोली चलाएको हो ।