ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा बयलगाडा प्रदर्शन

बासु देब न्याैपाने २०७७ पौष २६ गते आइतबार ०९:५४:२३ मा प्रकाशित

काठमाडौँ। नेकपाको प्रचण्ड-नेपाल समूहका विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा बयलगाडा प्रदर्शन गरेका छन्। आज काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा अनेरास्ववियूले बयलगाडा प्रदर्शन गरेको हो। प्रहरीले बयलगाडा खोस्न खोजेपछि ललितपुरको पाटनमा तनाव उत्पन्न भएको थियो। 

प्रतिनिधिसभा विघटनको कदमपछि हिजोसम्मका आफ्नै सहयात्रीले अहिले ओलीमाथि हमला गरिरहेका छन्।ओलीमाथि अहिले सबैभन्दा आक्रमक भएर दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल उत्रिएका छन्। त्यसपछि दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल रहेका छन। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top