ट्रेण्डिङ

होमपेज / समाज

४५ वर्षीय पुरुषको शव फेला

नेपालगाथा २०७७ पौष २६ गते आइतबार ०९:३८:१५ मा प्रकाशित

काठमाडौँ। फेलाहेटौँडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवक्ता  इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।

बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल घटनास्थलमा प्रवक्ता रानासहितको टोली पुगिसकेको र शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top