होमपेज / समाज
सुर्खेत । सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाले शनिवार सम्पन्न गरेको १९ औं बार्षिक साधारण सभामा, सभाका प्रमुख अतिथि एवंम् नेपाल बहुयद्देश्यीय सहकारी संघका केन्द्रीय सदस्य चन्दबहादुर थानीले देश विकासका लागि सहकारी महत्वपूर्ण भएको बताउनु भयाे ।
प्रमुख अतिथि थानीका अनुसार, नेपाल सरकारले राज्यको विकास क्षेत्रका लागी सहकारीलाई मेरुदण्डका रुपमा लिएता पनि सहज तरिकाले कार्य गर्ने वातावरण नभएको बताउनु भयो । थानीले भन्नु भयो सहकारी ऐन २०७४मा बहुउद्देश्यीय प्रकृतिका सहकारीहरुले ३० प्रतिशत कार्य बहुउद्देश्यीय अनुसार गर्नु पर्ने र ७० प्रतिशत कार्य बचत तथा ऋण गर्ने भनिएका पनि सहकारी नियमावली २०७५ पारित भएर आउदा ठिक त्यसको बिपरित भएकाे बताउँनु भयाे । उहांका अनुसार बहुउद्देश्यीय सहकारी संस्थाले कति ठाउमा कर तिर्ने यदि कर तिनुपर्ने भए हामी एकै ठाउमा एकै प्रणाली बाट तिर्दछौं ।

सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा, कार्यक्रमका अथितीहरु एवंम् संस्थाका संरक्षक ध्रुबकुमार श्रेष्ठ, सल्लाहकारहरु झुपबहादुर बस्नेत, पदमबहादुर शाही लगाएतको उपस्थित रहेको थियो । यसै गरी सहकारीको १९ औं बार्षिक साधारण सभामा सभामा सभापति गणेशकुमार बस्नेतले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
सहकारीका कोषाध्यक्ष सुरेशबहादुर गौतमले आर्थिक बर्ष २०७६/०७७ को रु करोड लाख हजार सय रुपैयाको यर्थात कारोवारको प्रतिवेदन पेश गर्नु भएको थियो भने आगामी बर्ष २०७७/०७८ का लागी रु करोड, लाख, हजार सय रुपैया बराबरको प्रस्तावित आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
यसै गरी कर्जा— उपसमितीका संयोजक महेश्वर तिवारीले व्यवसायिक, कृषि तथा पशुपालन, घरायसी, खाता जमानी, औषधी उपचार र शैक्षिक क्षेत्रमा लगानी भएको कुल करोड लाख हजार कर्जा प्रतिवेदन पेश गर्नु भएको थियो । संस्थाका सचिव दिपेन्द्र ढकालले सहजीकरण गर्नु भएको १९ औं बार्षिक साधारण सभामा शिक्षा उप—समितीका संयोजक मिलन श्रेष्ठले शिक्षा प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितीका सदस्य नगेन्द्र चौलागाईले लेखा प्रतिवेदन पेश गर्नु भएको थियो ।

१९ औं बार्षिक साधारण सभाको अवसरमा शैक्षिक सत्र २०७६ को एस।ई।ई परिक्षामा सर्वेकृष्ट अंक प्राप्त गर्ने छात्र तर्फ वीरेन्द्रनगर नगरपालीका वडा नं।६ बस्ने राजन प्रकाश शाक्यका छोरा सनम शाक्यलाई नगद ५ हजार १ रुपैया र सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
यसै गरी आर्थिक बर्ष २०७५/२०७६ सालमा केन्द्रिय कार्यालय वीरेन्द्रनगरका असल बचतकर्ताको पुरुष तर्फ टोपबहादुर विसी, महिला तर्फ कान्ती श्रेष्ठ र सेवा केन्द्र मेहेलकुनाका पूरुष बचत सदस्य प्रेमबहादुर वली यसै गरी महिला बचतकर्ता टीका कुमारी विसीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने असल ऋणको कारोवार गर्ने ऋणीहरु कविराम थापा, देवकुमारी कार्कि, शुरबहादुर शाही र सावित्रि कुमारी थापालाई सम्मान गरिएको थियो ।
सभामा संस्थाका शेयर सदस्य ज्युहरुको मृत्युको अवस्थामा प्रदान गर्दे आईरहेको राहत कोष वापत यस बर्ष स्वर्गिय श्रवणकुमार शाहीकी धर्म पत्नी धनकुमारी शाहीलाई रु १० हजार, स्वर्गिय सर्वजित केप्चाकि मगरका धर्मपत्नी पबित्रा केप्चाकि मगरलाई रु ५० हजार र दलसिंह वुढाको धर्मपत्नी सेतु वुढालाई रु १० हजारको चेक हस्तान्तरण गरिएको थियो ।
