होमपेज / समाज
रौतहट, २४ पुस राजपुर नगरपालिका-८ बलुवा टोल बस्ने ४५ वर्षीय शेख मजारुलको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा मोटर जडान गरेको कल धारामा नुहाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।