ट्रेण्डिङ

होमपेज / समाज

मृतक चालकको पहिचान, एक जना बेपत्ता

सुर्खेत बस दुर्घटना

नेपालगाथा २०७७ पौष २३ गते बिहीबार १९:४८:५८ मा प्रकाशित

सुर्खेत । विहीबार दिउँसो भेरी नदीमा खसेको बसमा सवार यात्रुको सनाखत भएको छ। ​दाङबाट रिजर्भ लिन कालिमाटी हुँदै सल्लीबजार जाँदै गरेको​ ना५ख ७७५० नम्बरको बस सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा दुर्घटना भएको थियो। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने बसका चालक दाङ बबई गाउँपालिका–३ का सुमन नेपाली छन्। 

दुर्घटनामा कालिमाटी गाउँपालिका–४ खैरेनी सल्यानका दीपक भनिने ईश्वर सुनार घाइते भएका छन्। उनलाई सुर्खेतको मेहलकुना अस्पतालमा प्राथमिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा एक जना बेपत्ता भएका छन्। उनको विवरण खुलेको छैन। घाइतेका अनुसार बसमा तीन जना मात्रै सवार रहेका सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top