ट्रेण्डिङ

होमपेज / समाज

ट्रकको ठक्करबाट साईकलयात्रीको मृत्यु

नेपालगाथा २०७७ पौष २३ गते बिहीबार १७:४१:१५ मा प्रकाशित

झापा, २३ पुस शिवसताक्षी नगरपालिका-११ शिव चोकमा मे.१ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिँदा साईकलयात्री सोही ठाउँ बस्ने धनबहादुर राईको छोरा १३ वर्षीय भिमबहादुर राईको बिहीबार बिहान मृत्यु भएको छ ।

ठक्कर दिँदा गम्भीर घाईते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top