ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७७ पौष २३ गते बिहीबार १७:३७:३३ मा प्रकाशित

काठमाडौं, २३ पुस  झापा, मेची नगरपालिका-१० खरेडागीबाट ३ ग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय रुपेन राजवंशीलाई बिहीबार बिहान पक्राउ गरेको छ ।

शंका लागि चेकजाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध २ बोतल कोरेक्स, २ पिस नाईट्राभेट र २ पिस स्पासमोप्रोफेक्स सहित सोही महानगरपालिका-१ कटहरी बस्ने ३३ वर्षीय शिव नारायण साहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-११ भोजाड चोकबाट ९ सय पिस ट्राभा र ९ सय पिस बोफिन सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१६ बिजयनगर बस्ने १९ वर्षीय अनुज सुनार, २४ वर्षीय रबिन चौधरी र १९ वर्षीया सुबिना परियार चौधरी रहेका छन् । प्रहरी बिट शरणपुरबाट खटिएको प्रहरी टोलीले अटो रोकी चेकजाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top