होमपेज / समाज
काठमाडौं, २३ पुस टोखा नगरपालिका-९ दिपज्योतीबाट सुर्खेत गुरुवाकोट नगरपालिका-६ घर भएका एक पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको छ ।
ती पुरुष समेत २ जनालाई ४र५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले चक्कु प्रहार गरी घाइते बनाई उनको साथमा रहेको मोबाइल लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ । चक्कु प्रहारबाट घाइते भएका उनीहरुको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।