होमपेज / समाज
काठमाडौँ । देशका पहाडी क्षेत्रमा बिहीबार आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल पहाडी भू–भागमा केही क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा छ ।
बिहीबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र प्रेदश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यस्तै राति प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा मा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।
मौसममा सुधार आउँदै गएकाले केही दिनदेखि रहेको वायु प्रदूषण पनि कम हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश र प्रेदश १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देश भर तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।