ट्रेण्डिङ

होमपेज / समाज

जबरजस्ती करणी अभियोगमा पक्राउ

नेपालगाथा २०७७ पौष २२ गते बुधबार १६:३७:३५ मा प्रकाशित

काठमाडौं, २२ पुस बर्दिया, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-४ छेडिया बस्ने २५ वर्षीया राम कुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राम कुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सुनसरी, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय काशीराम चौधरीलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । काशीरामले ती महिलालाई सोमबार बेलुका जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-८ चिन्तन चौतारी नजिक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top