होमपेज / समाज
काठमाडौं । चितवनमा गैंडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।