ट्रेण्डिङ

होमपेज / समाज

पानीमा डुबेर मृत्यु

नेपालगाथा २०७७ पौष २१ गते मंगलबार १४:१४:१७ मा प्रकाशित

काठमाडौं, २१ पुस मोरङ, रगेली नगरपालिका-५ आपगाँछी बस्ने ४२ वर्षीय मुन्टु मरन्डीको माछा पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । घरबाट करीब ५ मिटर टाढा सोही नगरपालिका-४ चोप्राहा बस्ने सन्तोष मन्डलको माछा पोखरीमा डुबेर उनको मृत्यु भएको बताइएको छ ।

रुपन्देही, सैनामैना नगरपालिका-५ बुद्दनगर बस्ने गणेश ज्ञवालीको छोरा ३ वर्षीय अविराज ज्ञवालीको घर नजिकै माछा पोखरीमा खेल्ने क्रममा डुबेर सोमबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top