ट्रेण्डिङ

होमपेज / समाज

पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसममा आज पनि बदली

बासु देब न्याैपाने २०७७ पौष २१ गते मंगलबार ०९:५८:४९ मा प्रकाशित

काठमाडौं। आज पनि देशभरको मौसम बद्ली भएको भएको छ । पश्चिमी वायुको प्रभावले मुलुकभरको मौसम आज पनि बदली भएको हो। पश्चिमी वायुको प्रभावले पश्चिम र मध्यका उच्च पहाडी भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

मौसमविद्का अनुसार यस वर्ष मौसमी प्रणालीको प्रभावले केही दिन मौसम खुला हुने र फेरि बदलीसहित वर्षा र हिमपात हुनेजस्ता अवस्था दोहोरिरहेको छ। हाल देशको पश्चिमी भूभागमा सामान्य बदली तथा अन्य भूभागमा आंशिक बदली रहेको छ। तराईका भूभागमा बाक्लो हुस्सु(कुहिरो लागिरहेको र त्यो अपराह्नपछि विस्तारै हटेर जाने जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top