ट्रेण्डिङ

होमपेज / समाज

देशभर ४ सय ३ जनालाई कोरोना, ७ जनाको मृत्यु

नेपालगाथा २०७७ पौष २० गते सोमबार १८:५५:१३ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।

हाल देशभर ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हाल देशभर २०९ जना कोरोना संक्रमितको आईसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top