ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ४२१ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

नेपालगाथा २०७७ पौष १९ गते आइतबार १८:४६:०१ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ।

हाल देशभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् भने गत २४ घन्टामा ५ हजार ८०० पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top